बंगलादेशमा आयोजना हुने एसियन भलिबल कन्फेडेरेसन (एभीसी) सेन्ट्रल जोन पुरुष भलिबल च्याम्पियनसिप ६ महिना पछि सरेको छ।
कोरोना भाइरसको कारण देखाउँदै आयोजक बंगलादेश भलिबल फेडेरसनले आगामी चैतमा तय भएको प्रतियोगिता ६ महिना पछि सरेको जानकारी गराएको हो।
प्रतियोगिता ६ महिना पछि सरेको र अर्को मितिको टुंगाे नलागेको नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्माले जानकारी दिए। यस अघि प्रतियोगिता चैत ९ देखि १५ गतेसम्म हुने भनिएको थियो।
प्रतियोगिताको मिति सरेपछि भलिवल संघले टोलीको प्रशिक्षण पनि रोकेको छ। च्याम्पियनसिपका लागि नेपालले १८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरिसकेको छ।
प्रतिक्रिया