नेपाली स्ट्राइकर सावित्रा भण्डारी 'साम्बा' आवद्ध फ्रान्सेली क्लब एना भान गेङगाम्प गएराति भएको खेलमा पराजित भएको छ।
एना भान गेङगाम्पलाई फ्रेन्च महिला लिग डिभिजन वान फिमिनिनेको गयरातिको खेलमा सेन्ट–एटिएनले ४-३ गोलले हराएको छ।
प्रतिस्पर्धात्मक र गोलको वर्षा भएको खेलमा सावित्री सम्मिलित गेङगाम्पले नतिजा सुम्पिन बाध्य भएको हो।
सेन्ट-एटिनलाई जिताउने क्रममा फिनोटी ब्राउन, नोइमी कारेज, सोलेने च्याम्पनियाक र एलेक्सआन्द्रिया लामान्टेग्ने व्यक्तिगत १-१ गोल गरेका थिए।
उता पराजित गेङगाम्पका लागि सारा क्याम्बोटले २ र एलिसन पेनिएलले १ गोल गरेका थिए।
यो जितपछि सेन्ट-एटिएनले १८ खेलबाट २५ अंक बनाउँदै लिगको सातौँ स्थानमा कायम छ।
उता हार भोग्न बाध्य गेङगाम्पले १९ खेलबाट १५ अंक बनाउँदै लिगको १० औँ स्थानमा बसेको छ।
Shares
प्रतिक्रिया