इन्डियन प्रिमियर लिगको इतिहासमा सनराइजर्स हैदरावादले सर्वाधिक रनको कीर्तिमान बनाएको छ।
हैदरावादमा जारी आईपीएल २०२४ अन्तर्गत बुधबार मुम्बई इन्डियन्सविरुद्धको आठौँ खेलमा सनराइजर्सले पहिले ब्याटिङ गर्दै यो ठूलो स्कोर बनाएको हो।
टोलीका तर्फबाट ट्राभिस हेडले ६२ (२४ बल), अभिषेक शर्माले ६३ (२३ बल) र क्लासेनले ८० (३४ बल) रन बनाए।
हैदरावादको टोलीले यस खेलमा कुल १८ छक्का र १९ चौका प्रहार गरेको थियो।
मुम्बई इन्डियन्सकी बलर क्वेना माफाकाले चार ओभरमा ६६ रनको योगदान गरिन्। कप्तान हार्दिक पाण्ड्याले चार ओभरमा ४६ रन बनाए।
114
Shares
प्रतिक्रिया