ad ad

खेल


विश्वकप खेलअघि पाकिस्तान र अफगानिस्तानका समर्थकबीच झडप

विश्वकप खेलअघि पाकिस्तान र अफगानिस्तानका समर्थकबीच झडप

नेपालखबर
असार १५, २०७६ आइतबार ११:२४,

पाकिस्तान र अफगानिस्तानबीच शनिबार भएको आइसिसी विश्वकप क्रिकेटको खेलका क्रममा दुइ पक्ष बीच झडप भएको छ।

अफगानिस्तानले ब्याटिङ गरिरहदा समर्थकबीच झगडा भएको मैदान बाहिर झडप भएको हो।

दुई पक्षबीच झडप भएको भिडियो सोसल मिडियामा आइरहेका छन्। जहाँ दुई देशका समर्थक दुइ पक्ष बिच झडप गरिएको देखिएको छ भने एकअर्कालाई गाली गरिरहेको पनि सुनिएको छ।

दुई देशका समर्थकबीच भएको झडपमा कम्तीमा २ जना  घाइते भएको बीबीसीले जनाएको छ। घटना लिड्सस्थित हिडिग्ले स्टेडियम  बाहिर भएको थियो ।

आइसिसीले भने घटना रंगशालामा बाहिर भएकाले आफूले छानविन गर्न नमिल्ने बताएको छ। आइसिसीका प्रवक्ताका अनुसार समर्थकबीच झगडा भएको र स्थानीय पुलिसले सुरक्षाको जिम्मेवारी लिएका छन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .