नेपाल सुपर लिग (एनएसएल) का अबका बाँकी खेलहरू साँझ ५ बजे सुरु हुने भएका छन्।
आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालि (एनएसइएम) ले आइतबार प्रेस विज्ञप्ती जारी गर्दै लिगका बाँकी खेलहरू साँझ ५ बजेका लागि सारिएको जानकारी दिएको हो।
लिगमा सोमबारदेखि नै खेलहरु साँझ ५ बजे सुरु हुनेछ। यसअघि लिगका खेलहरु साँझ साढे ५ बजे हुँदै आएको थियो।
तर शनिबारका खेलहरू भने पुर्व प्रकाशित तालिका अनुसार नै हुने एनएसइउमका प्रावन्ध निदेर्शक श्रीयांस कार्कीले जानकारी दिए।
९ टोली सहभागी एनएसएलमा ४० खेल हुनेछ। आइतबार लिगको १२ औँ खेल भइरहेको छ। गत संस्करणका ६ टोली र नयाँ तीन गरी ९ टोलीले लिगमा स्पर्धा गरिरहेका छन्।
75
Shares
प्रतिक्रिया