ad ad

खेल


आईसीसी विश्वकप क्रिकेट : पाकिस्तानमाथि भारतको सानदार जित

आईसीसी विश्वकप क्रिकेट : पाकिस्तानमाथि भारतको सानदार जित

नेपालखबर
असोज २७, २०८० शनिबार २०:३३, काठमाडौँ

आईसीसी विश्वकप क्रिकेट अन्तर्गत शनिबार भएको खेलमा भारतले पाकिस्तानमाथि सानदार जित हासिल गरेको छ। अहमदाबादमा भएको खेलमा पाकिस्तानले प्रस्तुत गरेको १ सय ९२ रनको लक्ष्य भारतले ३०.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको हो। 

लगातार तेस्रो जितसँगै भारत ६ अंकका साथ अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ।

भारतको जितमा कप्तान रोहित शार्माले सर्वाधिक ८६ रनको योगदान दिए। उनले ६३ बलमा ६ चौका र ६ छक्का प्रहार गरेका थिए। 

त्यस्तै श्रेयस ऐयरले नटआउट रहँदै ५३ रन बनाए।

केएल राहुलले १९ तथा  शुभमन गिल र विराट कोहलीले १६–१६ रन बनाए। 

टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ४२.५ ओभरमा सबै विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो।

पाकिस्तानले २० अक्टोबरमा अष्ट्रेलियासँग खेल्नेछ। भारत र न्युजिल्यान्डको समान ६ अंक छ।

आइतबार इंग्ल्यान्डले अफगानिस्तानसँग खेल्नेछ।

    प्रतिक्रिया

    नेपाल खबर प्रा.लि
    सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

    Nepal Khabar Pvt. Ltd.

    Blue Star Complex
    Thapathali-11, Kathmandu, Nepal
    +977 01 5340505 / 5341389
    Admin:[email protected]
    News:[email protected]

    विज्ञापनका लागि सम्पर्क


    +977 9851081116
    [email protected]
    Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .