चार महिनापछि गेरार्थ बेलले गोल गरेको खेलमा रियल मड्रिडले बुधबार राति कोपा डेल रे अन्तर्गत भएको खेलमा यूनिओनिस्टासलाई ३-१ पराजित गरेको छ।
वेल्सका फरवार्ड बेलले १८औं मिनेटमा रियलका लागि पहिलो गोल गरेका थिए। यो गत सेप्टेम्बर यता रियलका लागि बेलले गरेको पहिलो गोल हो। सेप्टेम्बर १ मा ला लिगा अन्तर्गत भिल्लारियलविरुद्ध दोहोरो गोल गरेयता बेलले क्लबका लागि गोल गर्न सकेका थिएनन्।
३० वर्षिय बेललाई यसबीच घुँडाको समस्याले पनि सताएको थियो। त्यही समयमा प्रशिक्षक जिनादिने जिदानसँग खराब सम्बन्धका कारण पनि उनको भविष्य अन्यौलमा थियो।
खेलमा यूनिओनिस्टासका परिवर्तित खेलाडी अल्भरो रोमिरोले बराबरी गोल फर्काएका थिए। तर जुआन गुन्गारोको आत्मघाती गोलले यूनिओनिस्टासपछि पर्यो।
त्यसपछि म्यानचेस्टर सिटीका पूर्व मिडफिल्डर ब्राहिम डियाजले इञ्जुरी समयमा गोल गरेपछि रियल ३-१ ले विजयी रह्यो।
प्रतिक्रिया