मदिरा सेवनपछि भएको विवादमा साथीको छुरा प्रहारबाट भक्तपुरमा एक किशोरको मृत्यु भएको छ।
भक्तपुर नगरपालिका-६ भोलाछेंमा छुरा प्रहार हुँदा १५ वर्षीय रोहन सुवालको मृत्यु भएको प्रहरीले जनाएको छ।
उनी भक्तपुर-१० चोखा कमलविनायक निवासी हुन्। घटना बुधबार रातिको हो।
छुरा प्रहारपछि फरार रहेका १५ र १६ वर्षीय दुई किशोरलाई प्रहरीले सिद्वपोखरीस्थित कान्तिपुर गेष्टहाउसबाट पक्राउ गरेको छ।
उनीहरुमाथि अनुसन्धान शुरु गरिएको महानगरीय प्रहरी परिसर भक्तपुर प्रमुख प्रहरी उपरीक्षक सबिन प्रधानले जानकारी दिए।
चार÷पाँच जना साथीसँगै बसेर मदिरा सेवन गर्दा भएको सामान्य विवादमा साथीले सुवालको छातीमा छुरा प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। प्रहरीले छुरा बरामद छ।
3
Shares
प्रतिक्रिया