ad ad

खेल


बीसीसीआईको खेलाडी सम्झौताबाट बाहिरिएपछि धोनीका विकल्प

बीसीसीआईको खेलाडी सम्झौताबाट बाहिरिएपछि धोनीका विकल्प

एजेन्सी
माघ ४, २०७६ शनिबार ७:४,

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई)ले केन्द्रीय खेलाडी सम्झौता (सेन्ट्रेल प्लेयर कन्ट्रयाक्ट)को सूची सार्वजनिक गर्दा भारतीय राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान महेन्द्रसिंह धोनी राँचीमा अभ्यास गरिरहेका थिए।

बीसीसीआईले २७ खेलाडीलाई चार समूहमा सामेल गर्दै केन्द्रीय सम्झौता सार्वजनिक गरेको थियो। यो सम्झौता २०१९ अक्टोम्बर देखि २०२० सेप्टेम्बरसम्म लागु हुनेछ। जसमा धोनीको नाम समावेश नभएपछि धोनीको करिअर सकिएको धेरैको बुझाई छ।

आफ्नो हरियो ‘जोंगा जीप’ मा सवार भएर झारखण्ड स्टेट क्रिकेट एशोसियसन इन्टरनेशनल क्रिकेट स्टेडियम पुगेका धोनीले त्यहाँ रहेका रणजी खेलाडीका साथ अभ्यास गरे। त्यसबेला झारखण्ड स्टेट क्रिकेट एसोसियसनका उपाध्यक्ष अजयनाथ शाहदेव पनि उनका साथ थिए। शाहका अनुसार त्यसबेला धोनीले बीसीसीआईको खेलाडी सम्झौता विषयमा कसैसँग पनि कुरा गरेनन्।

धोनी

उनी सधैँजस्तो फिट देखिन्ट। नेटमा खुब पसिना बगाएपनि। आफ्ना साथीहरुसँग कफी पनि पीए। त्यसक्रममा केही समर्थकहरुले उनका साथमा तस्बिर समेत खिचेँ। त्यतिञ्जेल पनि धोनी एकदमै सामान्य थिए।

शाहले भन्छन्, ‘धोनी एक महान खेलाडी हुन् र उनमा अझै धेरै क्रिकेट बचेको छ। कन्ट्रयाक्टको विषयमा त बीसीसीआईका मान्छेहरु नै भन्लान तर यस(कन्ट्राक्ट)को एक नियम हुन्छ। त्यसबारे धोनीलाई राम्रो ज्ञान छ। यो एउटा प्रक्रियामात्रै हो, यसले कुनै खेलाडीको भविष्यको फैसला गर्न सकिदैँन।’

धोनी फर्कनेछन्
धोनीका स्कुले दिनका प्रशिक्षक केशवरंजन बनर्जी समूह सीमा भएपनि बीसीसीआईले धोनीलाई सेन्ट्रल कन्ट्रयाक्टमा राख्नुपर्ने मान्छन्। पछिल्लो तीन विश्वकपमा धोनीको प्रदर्शन उम्दा रहेकोमा उनको जोड छ।

बेनर्जी भन्छन्, ‘धोनी फर्कनेछन्। त्यो भनेको पछिल्लो ढोकाबाट हैन्। आइपीएलमा उनको शानदार प्रदर्शन हुनेछ। र, भारतीय टोलीमा पुनरागमन पनि।’

Image result for mahendra singh dhoni

धोनीको इच्छा यसैवर्ष हुने टी–२० विश्वकप खेल्ने रहेको र त्यसका लागि उनी अभ्यास गरिरहेको उनले बताए। धोनीले आफ्नै फैसलाका कारण पछिल्लो ६ महिनामा कुनै टुर्नामेन्ट नखेलेको उनले दाबी गरे।

के धोनी सन्न्यास लिन्छन्?
धोनीको सन्न्यासको बारेमा बेनर्जीले भने, ‘यो प्रश्न मलाई टी–२० विश्वकप पछि सोध्नुहोला। त्यसपछि म तपाईलाई भन्नेछु कि धोनीको करिअर त्यसपछि कति लामो हुन्छ।’

धोनी आफ्नो फैसला विवेकपूर्वक लिने भन्दै उनका बारेमा कोही केही बताउँन नसक्ने बेनर्जीको अनुभव छ। धोनी चार विश्वकप खेल्ने एक्लो भारतीय खेलाडी समेत हुन्।

‘टिमबाट बाहिर राखिएका छैनन्’
धोनीका अर्का प्रशिक्षक चंचल भट्टाचार्यले सम्झौता नबढ्नुको मतलब धोनी भारतीय टोलीको हिस्सा नरहेको भन्ने नभएको बताए।

Image result for mahendra singh dhoni

उनले भने, ‘बीसीसीआई आफ्नो नियमका आधारमा खेलाडी कन्ट्राक्ट समूह विभाजन गर्छ। धोनीले केही महिनायता कुनै खेल खेलेका छैनन्। त्यसकारण पनि धोनीको सम्झौता नवीकरण नभएको हुनसक्छ। यसलाई उनको करिअर र सन्न्याससँग जोड्नु हतारो हुनेछ।’

करिअर सकिएको हो?
२०१९ को नोभेम्बरमा धोनी र भर्खरै बीसीसीआईका अध्यक्ष चुनिएका सौरभ गांगुलीबाट आएका बयानपछि पनि धोनीको करिअरबारे बहस भएको थियो। त्यसबेला धोनीले जनवरी २०२० सम्म आफ्नो भविष्यबारे पर्खन भनेका थिए। यस्तै गांगुलीले धोनीको भविष्यलाई लिएर स्पष्ट भएको र त्यसबारे टिम व्यवस्थापन, बोर्ड र धोनीसँग पनि कुरा भएको भनेपछि धोनी करिअरको अन्त्यतिर रहेको अड्कल काटिएको थियो।

तर भारतीय टोलीमा अटाउन बीसीसीआईसँग सम्झौता गरेका खेलाडीमात्रै हुनुपर्छ भन्ने छैन्। कुनै खेलाडी सम्झौताभित्र छैन तर उ राम्रो खेल्छ भने त्यसलाई छनौटकर्ताले टिममा राख्न सक्छन्। अर्कातिर बीसीसीआईले केन्द्रीय सम्झौतामा तीनै खेलाडीलाई राख्छ, जसले वर्षमा टिमका लागि बढी भन्दा बढी खेल खेल्छ। धोनी भने २०१९ को विश्वकप सेमिफाइनलयता ६ महिना टोलीमा छैनन्।

अघिल्लोवर्ष पनि उनी ए प्लस सुचिमा थिएनन। ए प्लसमा भारतका लागि टेस्ट, वानडे र टि–२० खेल्ने खेलाडीहरु समेटिएका छन्। धोनीले टेस्टबाट सन्न्यास लिइसकेकाले उनी एप्लस सुचिमा नरहेका हुन्।

Related image

अहिले भारतीय टोली अष्ट्रेलियासँग शृंखला खेलिरहेको छ। यसलगत्तै न्यूजिल्याण्ड भ्रमणमा निस्कनेछ। दुबै टूरका लागि खेलाडी घोषणा भइसकेका कारण धोनी अझै दुई महिना टिम बाहिर रहने निश्चित छ। तर, सस्पेन्स भने धोनी २०२० को विश्वकप खेल्छन् कि नाई? भन्नेमा छ।

तर, धोनीले कम्तीमा २०२१ सम्म आफ्नो क्रिकेट करिअर अघि बढाउन चाहेको कुरो उनले आइपीएल खेल्ने कुराले प्रष्टाइसकेको छ।

एजेन्सीहरुको सहयोगमा।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .