ad ad

खेल


मनमोहन स्मृति क्रिकेटः आर्मी फाइनलमा

मनमोहन स्मृति क्रिकेटः आर्मी फाइनलमा

नेपालखबर
माघ १, २०७६ बुधबार ११:९,

विभागीय त्रिभुवन आर्मी क्लव, सुनसरीमा जारी मनमोहन स्मृति एक दिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। बुधबार भएको खेलमा आर्मीले प्रदेश २ लाई ६४ रनले पाखा लगाउँदै फाइनलमा स्थान बनाएको हो।

आर्मीले दिएको २ सय १७ रनको लक्ष्य पछ्याएको प्रदेश ३, ३८ दशमलव १ ओभरमा १ सय ५२ रन जोड्दा अलआउट भयो। प्रदेश ३ का सोनु तामाङले ७४ रनको योगदान दिएपनि टोलीलाई जित दिलाउन सकेनन्। ७५ बलको सामना गरेका उनले ६ छक्का ४ चौका हाने।

प्रदेश ३ का ८ ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन्। इसान पाण्डेले १७ सुवास खकुरेलले १५ रन जोडे। प्रदेश ३ लाई कम स्कोरमा रोक्न सुसान भारीले ३ विकेट लिए। ८ दशमलव १ ओभर बलिङ गरेका उनले ३ मेडन राख्दै २३ रन खर्चे। शाहब आलमले २ तथा विक्रम शोब, हरि चौहान, हरिकृष्ण झा र कुशल मल्लाले समान १ विकेट लिए।

त्यसअघि इनरुवा क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपाल आर्मीले ४६ दशमलव ३ ओभरमा २ सय १६ रन जोड्दा अलआउट भयो। आर्मीका ओपनर अनिल मण्डलले ४३ रनको योगदान गरे। ७३ बलको सामना गरेका उनले ३ चौका हाने। रोहित कुमार पौडेल २९ रन जोड्दा राम नरेश गिरिबाट क्याच आउट भए।

army-mn-cup1.jpg

मध्यक्रममा ब्याट्सम्यान राजेश पुलामी मगर १७, बिनोद भन्डारी ६ र भिम सार्की १५ रनमा आउट भएपछि आर्मी एक समय दबाबमा आएको थियो। तल्लोक्रमका कुशल मल्ल ३७ र विक्रम शोबले २४ र सुशन भारीले १३ रनको योगदान गरे।

प्रदेश ३ का गौतम केसीले ७ दशमलव ३ ओभरमा २२ रन खर्चेर ४ विकेट लिए। तिलकराज भण्डारी, नन्दन यादव र ईशान पान्डेले समान २ विकेट लिए। प्रतियोगिताको दोस्रो सेमिफाइनलमा बिहिबार नेपाल पुलिस क्लब र सुदुरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .