नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मिडफिल्डरद्धय सरु लिम्बु र रेनुका नगरकोटे सम्मिलित किक स्टार कर्नाटक एफसी भारतिय महिला लिगको फाइनलमा पुगेको छ।
शुक्रबार भएको पहिलो सेमिफाइनलमा नेपाली टोली कै कप्तान एञ्जिला तुम्बाप्पो सम्मिलित सेथु मोडिराइलाई २–० ले पराजित गर्दै सरु र रेनुकाको टोली फाइनलमा पुगेको हो।
खेलको ११ औं मिनेटमा कियोको एलिजावेथ कटुंग्वाको गोलमा कीकस्टारले सुरुवाती अग्रता बनाएको थियो। सेथुकी गोलरक्षक एञ्जिलाले फुत्काएको बल सिधै पोष्टमा लाग्यो।
पहिलो हाफको इन्ज्युरी समयमा सरुले ३० यार्ड टाढाबाट हानेको बलले सिधै पोष्टको जाली चुकेको थियो।
रुनुका ७२ औं मिनेटमा मैदान प्रवेश गरेकी थिइन्।
सरु र रेनुकाको टोलीले नेपाली टोली कै सावित्रा भण्डारी सम्मिलित गोकुलम केरला एफसी र इष्र्टन स्पोर्टिङ बीचको दोस्रो सेमिफाइनलबीचको विजेतासाग उपाधिका लागि खेल्नेछ।
आजको खेलमा सरु सुरुवाती रोजाइमा मैदान उत्रदा रेनुका भने बेन्चमा रहिन्।
Shares
प्रतिक्रिया