ad ad

राजनीति


जनतालाई दुःख नदिएर ‘वाहवाही’ पाएका राष्ट्रपति रामचन्द्र पौडेल (भिडिओ)


नेपालखबर
जेठ ६ , काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेल शुक्रबार अपरान्ह नयाँ बानेश्वरस्थित संसद भवन पुगे। नीति तथा कार्यक्रम प्रस्तुत गर्न पुगेका राष्ट्रपति पौडेलको शैलीलाई लिएर उनले ‘वाहवाही’ बटुलेका छन्।

यसअघिका राष्ट्रपतिको सवारीका कारण सर्वसाधरणले सास्ती भोग्नुपरेको थियो। गतवर्ष तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले संसद भवनमा आउँदा ट्रमा सेन्टरका एक चिकित्सकमाथि प्रहरीले लाठिचार्ज नै गरेको थियो। 

त्यसअघि पनि सर्वसाधरणले लामो समय जाम बस्नुपरेको भन्दै विरोध गरिरहेका हुन्थे। 

गत फागुन २५ गतते पौडेल राष्ट्रपतिमा निर्वाचित भएलगत्तै भोलिपल्ट मन्दिर दर्शनमा निस्कँदा पनि सडक खाली नगराइएको भने होइन।

तर, जनस्तरबाट त्यसको पनि आलोचना भएपछि त्यसयता भने राष्ट्रपति पौडेलले आफ्नो सवारीलाई सामान्य बनाउँदै सर्वसाधरणको सास्ती कम गराएका छन्। 

राष्ट्रपति सवारी हुँदा कुटाइसमेत खानुपरेको पीडा भोगेका नागरिकले गत चैत ४ गते कुमारी घरमा राष्ट्रपति पुग्दादेखि भने फरक अनुभव गरिरहेका छन्। 

लामो समयदेखि सास्ती भोगिरहेका जनताहरू राष्ट्रपति पौडेलको यो शैलीले खुशी मात्र भएका छैनन, सामाजिक सञ्जालबाट नै धन्यवाद समेत दिइरहेका छन्।

जेठ ५, २०८० शुक्रबार २१:५६

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .