नेपाली लेग स्पिनर सन्दिप लामिछानेले अष्ट्रेलियामा जारी बिग बास लिगमा शुक्रबार २ विकेट लिएका छन्।
मेलबर्न स्टार्सका लागि खेल्दै सन्दिपले आफ्नो स्पेलमा ३९ रन खर्चिदै २ विकेट लिएका हुन्। सन्दिपले १४ ओभरको तेस्रो बलमा आफैं क्याच लिदै शन मार्शलाई ६३ रनमा पेबेलिएन फर्काए।
१७ ओभरको पहिलो बलमा लामिछानेले वेयु वेबस्टरको विकेट झारे। बिग बासमा मेलबर्न रेनेगेड्सले सन्दिप सम्मिलित स्टार्सलाई १ सय ६९ रनको लक्ष्य दिएको छ। टस हारेर ब्याटिङ थालेको रेनेगेड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६८ रनको योगफल तयार पारेको हो।
रेनेगेड्सका शन मार्शले सर्वाधिक ६३ रनको योगदान दिए। सन्दीप लामिछानेले १४ औं ओभरको तेस्रो बलमा कट एण्ड बोल्ड आउट गर्नुअघि मार्शले ४३ बलमा ७ चौका र २ छक्का प्रहार गरे। मार्कस हरिस ३२ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ४२ रनमा रन आउट भए। प
हिलो विकेटका लागि मार्श र हरिसले १०.३ ओभरमा ८६ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए। वेबस्टर २५, डानियल क्रिस्टियन १२ र टम कपुर १५ रनमा आउट भए। मेलबर्न स्टार्सका लागि नाथन कुल्टर नाइलले २ र हरिस रउफले १ विकेट लिए।
प्रतिक्रिया