सोमबार वर्षाका कारण रोकिएको एसीसी प्रिमियर कपअन्तर्गत नेपाल र यूएईबीचको फाइनल खेल सुरु भएको छ।
सोमबार यूएईले १६ ओभरमा ५ विकेट गुमाएर ६० रन बनाउँदा पानी परेपछि पहिलोपटक खेल रोकिएको थियो। पानी रोकिएपछि पुन: त्यसपछि पुनः सुरु भएको खेल फेरि वर्षा बाधक बन्दा २७.३ ओभरमा गएर अडिएको थियो।
पानी नरोकिएपछि स्थगित खेल त्यही अवस्थाबाट सुरु भएको हो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अहिले ३२ ओभरको समाप्तीमा यूएई ९ विकेट गुमाएर ११६ रन बनाएर खेलिरहेको छ। कार्तिक मैयाप्पन १ र जुनैद सिद्दीकी ९ रनमा नटआउट छन्।
आज पनि काठमाडौमा वर्षाको सम्भावना छ। वर्षाका कारण आज पनि खेल हुन नसके सुपर ओभरबाट निर्णय लिइने प्रयास गरिनेछ। सुपर ओभर पनि हुन नसके खेल रद्द हुनेछ। खेल रद्द भएको अवस्थामा नेपाल च्याम्पियन बन्दै एसिया कपमा पुग्नेछ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ यूएईले ब्याटिङ गरिरहेको छ।
Shares
प्रतिक्रिया