ad ad

खेल


लयमा कुशल मल्ल, अर्धशतकसहित नेपालको स्कोर उकास्दै

लयमा कुशल मल्ल, अर्धशतकसहित नेपालको स्कोर उकास्दै

अर्धशतक पूरा गरेपछि कुशल मल्ल। तस्बिर : सरोज नेपाल/नेपालखबर


नेपालखबर
बैशाख ८, २०८० शुक्रबार ११:३५, काठमाडौँ

एसीसी प्रिमियर कप अन्तर्गत ओमानविरुद्धको खेलमा कुशल मल्लले अर्धशतक पूरा गरेका छन्। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कुशलले ३० बलमा ५ चौका र ४ छक्का मद्दतमा अर्धशतक पूरा गरेका हुन्। उनको यो करियरको पाँचौ ओडिआइ अर्धशतक हो। 

कुशलले अहिले ३९ बलमा ६० रन बनाएर खेलिरहेका छन्। उनले ८ चौका र ४ छक्का पनि हानिसकेका छन्। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ओमानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले ३० ओभरको समाप्तीमा नेपालले ४ विकेट गुमाएर १ सय ४२ रन बनाएर खेलिरहेको छ। खराब सुरुवात गरेको अहिले सम्हालिएर प्रर्दशन गरेको छ।

आरिफ शेख २८ र कुशल ५५ रनमा क्रिजमा छन्।

खेलको सुरुवातमा नै खातै नखोली दुवै ओपनरलाई गुमाएको नेपालले २१ औं ओभरमा चार विकेट गुमाएको थियो। ओपनर कुशल भुर्तेल र आशिफ शेख कुनै रन नजोडी पवेलियन फर्के। 

तेस्रो विकेटका लागि भिम सार्की र कप्तान रोहित पौडेलले ५४ रनको साझेदारी गर्दै नेपालको इनिङस्  सम्हालेका थिए। 

कप्तान रोहित १८ औं ओभरको पहिलो बलमा फयाज बटको बलमा कश्यप प्रजापतिको हातबाट क्याच आउट भए। ३४ बलको सामना गरेका रोहितले २ चौका हान्दै २३ रन बनाए। 

भिम सार्की ३३ रन बनाउँदा पवेलियन फर्के। ५६ बलको सामना गरेका भिमले ४ चौका र १ छक्का हान्दै जेसन मक्सुदको बलमा आउट भए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .