म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले आफूले प्रशिक्षण दिएका क्लबको विपक्षी क्लबमा गएर कहिल्यै काम नगर्ने बताएका छन्।
‘सिटीलाई प्रशिक्षण दिएपछि म युनाइटेड जान्नँ,’ उनले भनेका छन्, ‘त्यसैगरी म रियल म्याड्रिडलाई पनि कहिल्यै प्रशिक्षण गर्दिनँ।’
‘मैले कुनै काम पाइनँ भने बरु माल्दिभ्स जान्छु। सकभर माल्दिभ्स जान्नँ किनभने त्यहाँ गल्फ कोर्स छैन,’ उनले थपे।
ग्वार्डिओलाको सिटी यसपालि घरेलु लिगमा तेस्रो स्थानमा छ। एजेन्सी
प्रतिक्रिया