ad ad

खेल


लाइपजिगलाई हराउँदै म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

लाइपजिगलाई हराउँदै म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

नेपालखबर
चैत १, २०७९ बुधबार ७:५८, काठमाडौँ

इर्लिङ हालान्डको कीर्तिमानी प्रदर्शनमा आरबी लाइपजिगलाई हराउँदै म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। 

मंगलबार राति घरेलु मैदानमा भएको प्रि-क्वार्टरफाइनलको दोस्रो लेगमा सिटीले लाइपजिगलाई ७–० को फराकिलो गोल अन्तरले हराउँदै सिटी अन्तिम ८ मा पुगेको हो। सिटीले समग्रमा ८–१ को नतिजा निकाल्यो। 

एकपक्षीय खेलमा सिटीका लागि हालान्डले पहिले हाफमा नै ह्याट्रिक गर्दै टोलीलाई ३–० को आरामदायी अग्रता दिलाएका थिए। 

खेलको २२औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै हालान्डले सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसको दुई मिनेटपछि नै उनले अग्रता दोब्बर पारे। पहिलो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा हालान्डले ह्याट्रिक पूरा गरे। खेलको ५४औँ मिनेटमा व्यक्तीगत चौथो गोल गरेका हालान्डले ५७औँ मिनेटमा पाँचौ गोल गर्दै कीर्तिमानी प्रर्दशन गरे।

हालान्ड युरोपको एलिट क्लब प्रतियोगितामा सबैभन्दा छिटो ३० गोल गर्ने सबैभन्दा कान्छो खेलाडी बनेका छन्। हालान्ड च्याम्पियन्स लिगको एकै खेलमा पाँच गोल गर्ने सबैभन्दा कान्छा खेलाडी पनि हुन्। यसअघि अर्जेन्टिनाका लियोनल मेस्सी र ब्राजिलका फरवार्ड लुइज एड्रियानोले मात्र  गोल गरेका थिए। 

सिटीका लागि गुन्डोगनले ४९औँ मिनेटमा गोल गरे। डि ब्रुयनले इन्ज्युरी समयमा १ गोल थपे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .