विजय गुरुङको निर्णायक गोलमा ब्रिगेड ब्वाइजले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा मंगलबार दोस्रो जित दर्ता गरेको छ। सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा हिमालयन शेर्पालाई १–० गोल अन्तरले पाखा लागाएको हो।
जारी लिगमा ४ खेल खेलेको बीबीसीले २ मा जित र २ मा हार व्यहोरेको छ। लिगको एक सयौं खेलमा विजय नायक बने। खेलको १७औं मिनेटमा गुरुङले एक्लो प्रयासमा गोल गदै टोलीलाई अग्रता दिलाएका थिए। २९औँ मिनेटमा शिशिर लेखीको कर्नरमा ताजुकिदिन तुसारुको हेडर बाहिरियो।
३५औँ मिनेटमा विजय गुरुङले पेनाल्टी बक्सभित्रबाट गरेको प्रहार शेर्पाका गोलरक्षक किशोर गिरिले पन्च गरे। ८१ औ मिनेटमा ब्रिगेडका विशालको प्रहार शेर्पाका गोल किपरले उत्कृष्ट बचाउ गरे। ८६ औ मिनेटमा शेर्पाका सन्जय धिमालको प्रहारको बिबिसिका गोलरक्षक विशाल सुनारले बचाए। दोस्रो हाफको इन्जुरी समयमा सेर्पाका निरज बस्नेत दोहोरो पहेलो कार्ड खादै मैदान छाडे।
डि डिभिजनबाट घरेलु फुटबलको यात्रा सुरु गरेको बीबीसीले सी, बीबाट बढुवा हुँदै पहिलोपटक २०६१ बाट ए डिभिजन लिग खेल्न थालेको हो।
२०६२ र ६८ मा रेलिगेसनमा परेको बीबीसी पुनः ए डिभिजनमा फर्केर जीतसंगै सय खेलको इतिहास रचेको हो। सुरुवातको लिगमा १२ खेल खेलेको ब्रिगेडले २०६२ मा २८ खेल खेलेको थियो। मंगलबारको खेलमा बीबीसीका गोल रक्षक विशाल सुनार म्यान अफ द म्याच भए।
प्रतिक्रिया