ad ad

खेल


मोनाकोसँग हार्‍यो पीएसजी

मोनाकोसँग हार्‍यो पीएसजी

नेपालखबर
माघ २९, २०७९ आइतबार ८:११, काठमाडौँ

पछिल्लो समय खराब लयबाट गुज्रिरहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग १ मा मोनाकोसँग हारेको छ।

शनिबार राति भएको खेलमा दुई मुख्य फरवार्ड केलियन एम्बाप्पे र लियोनल मेस्सीबिनै मैदान उत्रेको पीएसजी मोनाकोसँग ३–१ ले हारेको हो। 

मोनाकोका लागि विन एडरले दुई तथा एलेक्सन्डर गोलोभिनले एक गोल गरे। पिएसजीका लागि वारिन जाइरे इम्रीको गोल सान्त्वना बन्यो। 

खेलको चौथो मिनेटमै गोलोभिनको गोलमा पीएसजीले पछि परेको थियो। १८औं मिनेटमा विसाम विन एडरले मोनाकोको अग्रता दोब्बर पारे। 

खेलको ३९औं मिनेटमा इम्रीले गोल गर्दै पीएसजीलाई खेलमा फर्काउने प्रयास गरे। 

पहिलो हाफको इन्ज्युरी समयमा विन एडरले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याए। 

त्यसपछि खेलमा थप गोल हुन नसक्दा पीएसजी हार भोग्न बाध्य भयो। 

जितसँगै मोनाको अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। २३ खेलबाट मोनाकोले ४७ अंक जोडेको छ। दोस्रो स्थानको मार्सेलीको ४९ अंक छ। हारसँगै शीर्ष स्थानको पीएसजीले दूरी बढाउने मौका गुमायो। 

समान खेलबाट पीएसजीको ५४ अंक छ। गएरातिकै अर्को खेलमा मासेलीले क्लेरमन्ट फुटलाई २–० ले हराएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .