ad ad

खेल


रियल मड्रिड पाँचौँपटक फिफा क्लब विश्वकप च्याम्पियन

रियल मड्रिड पाँचौँपटक फिफा क्लब विश्वकप च्याम्पियन

नेपालखबर
माघ २९, २०७९ आइतबार ७:५०, काठमाडौँ

स्पेनिस क्लब रियल मड्रिड पाँचौँपटक फिफा क्लब विश्वकप च्याम्पियन बनेको छ। 

शनिबार राति भएको खेलमा साउदी अरेबियन क्लब अल हिलाललाई ५–३ को फराकिलो अन्तरले हराउँदै रियलले पाँचौँपटक क्लब विश्वकपको उपाधि जितेको हो। पाँचौँपटक फाइनल खेलेको रियल सन् २०१४ मा पहिलोपटक च्याम्पियन बनेको थियो। रियलले सन् २०१६, २०१७ र २०१८ मा लगातार क्लब विश्वकपको उपाधि जितेको थियो। 

गत संस्करणको क्लब विश्वकपको उपाधि चेल्सीले जितेको थियो। 

रियललाई पाँचौँपटक च्याम्पियन बनाउन भिनिसियस जुनियर र फेडे भाल्भेर्डेले समान दुई गर्दा कप्तान करिम बेन्जेमाको नाममा एक गोल रह्यो। अल हिलालका लागि लुसियानो डारियो भिट्टोले दुई तथा मोउसा मारेगाले एक गोल गरे।

खेलको १३औं मिनेटमा भिनिसियसको गोलमा रियलले सुरुवाती अग्रता बनाएको थियो। १८औं मिनेटमा फेडे भाल्भेर्डेले गोल थप्दै अग्रता दोब्बर पारे। 

तर खेलको २६औँ मिनेटमा अल हिलालका मोउसा मारेगाले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए। 

खेलको ५४औं मिनेटमा कप्तान करिम बेन्जेमाले गोल गर्दै अल हिलालवरुद्ध अग्रता बढाए। ५८औं मिनेटमा फेडे भाल्भेर्डेले व्यक्तिगत दोस्रो गोल गरेपछि रियललाई ४–१ को अग्रता बनायो। 

खेलको ६३औं मिनेटमा लुसियानो डारियो भिट्टोले अल हिलालका लागि गोल गर्दै रियलको अग्रता घटााए। तर ६९औं मिनेटमा भिनिसियसले व्क्तीगत दोस्रो गोल गर्दा टोलीका लागि पाँचौ गोल बन्यो। 

खेलको ७९औं मिनेटमा लुसियानोले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई ५–३ को अवस्थामा ल्याए पनि टोलीको हार टार्न सकेनन्। अल हिलालको हारसँगै पहिलोपटक एसियन क्लबले उपाधि जित्ने सुवर्ण मौका गुम्यो। 

फिफाले सन् २०२५ देखि प्रतियोगिताको नियम परिवर्तन गरी ३२ टोली समावेश गर्दै प्रत्येक ४ वर्षमा आयोजना गर्ने योजना बनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .