ad ad

खेल


विराटनगर सुपर किंग्सले पायो १२३ रनको लक्ष्य

विराटनगर सुपर किंग्सले पायो १२३ रनको लक्ष्य

नेपालखबर
पुस १७, २०७९ आइतबार १४:५५, काठमाडौँ

लुम्बिनी अल स्टार्सले नेपाल टी २० लिगमा विराटनगर सुपर किंग्ससामु १ सय २३ रनको विजय लक्ष्य प्रस्तुत गरेको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय २२ रनको योगफल तयार पारेको थियो। 

लुम्बिनीका लागि कप्तान दिपेन्द्र सिंह ऐरी ५० र गुल्सन झा ३ रनमा नटआउट रहे। ४२ बलको सामना गरेका दिपेन्द्रले ६ चौका हाने। 

कुशल भुर्तेल, ह्यारी टेक्टर र अनिल शाह समान १३ रनमा आउट भए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

विराटनगरका लागि नन्दन यादव, सुर्य तामाङ र विवेक यादवले समान २ विकेट दिए। कोयन जोसेप र राज नन्ननले एक एक विकेट झारे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .