प्रदेश १ प्रदेशसभाको पहिलो बैठकले प्रदेश १ को प्रदेशसभा नियमावली २०७४ पहिलो संशोधन पारित गरेको छ।
नेपाली कांग्रेसका प्रदेश सांसद भीम पराजुली प्रस्तावक र एमालेका प्रदेश सांसद लीलावल्लव अधिकारी समर्थक रहेको उक्त प्रस्ताव पास भएको हो।
नयाँ संसदको काम कारबाहीलाई अगाडि बढाउन सो नियमावली स्वीकार गरेर जाने प्रस्ताव पास भएको हो।
बैठकमा प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले अध्यादेश पेस गरेका थिए।
संघीय सरकारले प्रशासनिक संघीयता कार्यान्वयमा ढिलाइ गरेपछि प्रदेशले काम कारवाही गर्नका लागि छुट्टै अध्यादेश ल्याएको उनले बताए।
प्रदेश सरकारले २०७९ असोज ११ गते प्रदेश निजामती सेवा अध्यादेश २०७९ र केही प्रदेश ऐन संसोधन अध्यादेश २०७९ जारी गरेको थियो । प्रदेश १ को ‘प्रदेश निजामती सेवा अध्यादेश २०७९’ प्रदेशसभा बैठकमा पेश भएको छ।
प्रदेश १ प्रदेशसभाको पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सदस्य गयानन्द मण्डलले गरेका थिए ।प्रदेशसभाको अर्को बैठक २५ पुसको दिउँसो १ बजे बोलाइएको छ।
प्रतिक्रिया