नेपाल टी २० लिगमा फारवेष्ट युनाइटेडले पोखरा एभेन्जर्ससामु १ सय ८८ रनको लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको फारवेष्टले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ८७ रनको योगफल तयार पारेको हो।
फारवेष्टका उमैर अलीले सर्वाधिक ४२ रनको योगदान दिए। २६ बलको सामना गरेका उनले ५ छक्का हाने। ओपनर देव खनाल ३३ र हसिम अन्सारी १७ रनमा पवेलियन फर्के।
३१ बलको सामना गरेका देवले ३ चौका र १ छक्का हाने। हसिमले ७ बलमा २ चौका र १ छक्का हाने। कप्तान हस्मतुल्लाह शाहिदी ४ रनमा आउट भए। भिम सार्की १७, विनोद भण्डारी ११ र हरिशंकर शाह ५ रनमा आउट भए।
रसिद खान ३२ र प्रकाश जैसी शुन्य रनमा क्याच आउट भए। करण केसी १२ रनमा नटआउट रहे।
पोखराका लागि जहिर खान एक्लैले ३ विकेट लिए। उनले आफ्नो स्पेलमा २४ रन खर्चे। तुल थापा र अमिर हम्जाले समान २ विकेट झारे। विपिन खत्री र कुशल मल्लले एक एक विकेट आफ्नो नाममा गरे।
लिगमा लगातार पाँच हार व्यहोरेको पोखरा पहिलो जितका लागि संर्घष गरिरहेको छ। फारवेष्ट भने दोस्रो जितको खोजीमा छ।
प्रतिक्रिया