ad ad

खेल


जनवरी १ बाट साउदी क्लबमा आबद्ध हुँदै रोनाल्डो

जनवरी १ बाट साउदी क्लबमा आबद्ध हुँदै रोनाल्डो

नेपालखबर
पुस ७, २०७९ बिहिबार ११:३६, काठमाडौँ

पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले जनवरी १ देखि साउदी अरेबियाको क्लब अल नासरबाट खेल्ने भएका छन्।

स्पेनिस सञ्चारमाध्यम मार्काका अनुसार रोनाल्डो साढे २ वर्षको सम्झौतामा क्लबमा अनुबन्धन हुन लागेका हुन्। ३७ वर्षीय रोनाल्डो २१ करोड ७० लाख अमेरिकी डलरमा क्लबमा आबद्ध हुन लागेका हुन्।

कतार विश्वकप सुरु हुनुअघि रोनाल्डोले म्यानचेस्टर युनाइटेडसँगको सम्बन्ध तोड्ने निर्णय गरेका थिए। यससँगै युनाइटेडले उनलाई कुनै पनि टोलीमा जान सक्ने गरी सम्झौता तोड्ने निर्णय गरेको थियो। 

यसअघि च्याम्पियन्स लिग खेलिरहेका क्लबले नै रोनाल्डोलाई आफ्नो टोलीमा भित्र्याउन प्रयास गरिरहेको समाचार आइरहे पनि अल नासरले सुरुवातदेखि नै रोनाल्डोलाई टोलीमा ल्याउन इच्छा देखाउँदै आएको थियो।

मार्काका अनुसार साउदी अरेबियाको क्लबसँगको समग्र वार्षिक सम्झौताको आकार प्रति सिजन करिब २० करोड युरोको हाराहारीमा रहनेछ। पीएसजीका स्टारहरु लियोनेल मेस्सी र नेयमारको आम्दानी भने प्रति सिजन ७ करोड ५० लाख र ७ करोड युरो रहेको छ। 

पछिल्लो समय रोनाल्डोको प्रदर्शन भने ओरालो लाग्दो क्रममा छ। पछिल्लो समय पोर्चुगलकै टोलीमा पनि उनको आलोचना हुँदै आएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .