स्विडेनको माल्मो रंगशाला अगाडि राखिएको इभ्राहिमोभिचको शालिकको नाक भाँचिदिएपछि यतिबेला प्रहरीले शालिक तोडफोड गर्ने समूहको खोजी गरिरहेको छ।
गत अक्टोबलर ९ तारिखमा मात्र माल्मो रंगशाला अगाडि इभ्राहिमोभिचको ३.५ मिटर अग्लो शालिक अनावरण गरिएको थियो।
३८ वर्षका इभ्राहिमोभिच फुटबलमा ब्याड ब्वाइका रुपमा परिचित खेलाडी हुन्। यद्यपी उनलाई धेरैले मन पराउँछन्।
जलाटनलाई मन नपराउने समूहले यस्तो कार्य गरेको हुनसक्ने आशंका गरिएको छ।
यसअघि इभ्राहिमोभिचले माल्मो क्लबको चिर प्रतिद्वन्द्वी क्लब ह्यामरबीमा लगानी गर्ने समाचार सार्वजनिक भएपछि माल्मोका समर्थक उनीसँग रुष्ट बनेका थिए।
माल्मोकै खेल समर्थकले पनि यस्तो हर्कत गरेको हुनसक्ने आशंका गरिएको छ। जे भएपनि जलाटनलाई स्वीडेले देशको उत्कृष्ट खेलाडीको रुपमा हेर्ने गर्दछ। एजेन्सी
प्रतिक्रिया