ad ad

खेल


घरेलु मैदानमै लिभरपुलसँग हार्‍यो टोटनहम

घरेलु मैदानमै लिभरपुलसँग हार्‍यो टोटनहम

नेपालखबर
कात्तिक २१, २०७९ सोमबार ८:४८, काठमाडौँ

प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको खेलमा लिभरपुलले टोटनहम हट्सपुरलाई हराएको छ।

घरेलु मैदानमा भएको खेलमा टोटनहम लिभरपुलसँग २–१ ले हारेको हो। 

लिभरपुलको जितमा फरवर्ड मोहमद सलाहले २ गोल गरे। टोटनहमले एक गोल फर्कायो। 

खेलको ११औँ मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए। ४०औँ मिनेटमा सलाहले दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे। खेलको ७०औँ मिनेटमा टोटहमका केनले एक गोल फर्काए।

जितसँगै लिभरपुलले १३ खेलबाट १९ अंक जोड्दै तालिकाको आठौँ स्थानमा छ। एक खेल बढी खेलेको टोटनहम २६ अंकमा चौथो स्थानमा छ। 

गएराति नै भएको अर्को खेलमा न्यु क्यासल युनाइटेडले साउथ ह्याम्पटोनलाई ४–१ ले तथा क्रिस्टल प्यालेसले वेस्टह्याम युनाइटेडलाई २–१ ले हराएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .