प्रधानसेनापति आमन्त्रित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा सशस्त्र प्रहरीको एपीएफ क्लबले पाहुना टोली सिक्किमलाई ० का विरुद्ध १८ गोल गरेका छ।
ललितपुरको लगनखेलमा भएको खेलमा एपीएफले सिक्किम युनाईटेडविरुद्ध पहिलो हाफमै १० गोल गरेको थियो भने दोस्रो हाफमा ८ गोल गरेको थियो। जसमा साबित्रा भण्डारीले ९ तथा अनु लामाले ४, अनिता केसीले ३ र रेनुका नगरकोटीले २ गोलको योगदान गरे।
खेलको म्यान अफ द म्याच ९ गोल गर्ने सावित्रा भइन्।
सोमबारै अर्को खेलमा विभागीय नेपाल पुलिस क्लव र प्रदेश २ बीच भद्रकालीस्थित नेपाल आर्मीको मैदानमा जारी छ।
तीन विभागीय, दुई विदेशी तथा तीन प्रदेशको फुटबल टोलीले प्रतियोगितामा प्रतिस्पर्धा गर्दै छन्। प्रतियोगिता लिगकम नकआउटका आधारमा सञ्चालन हुनेछ।
प्रतिक्रिया