ad ad

प्रविधि


पाकिस्तानभरी इन्टरनेट सेवामा समस्या

पाकिस्तानभरी इन्टरनेट सेवामा समस्या

नेपालखबर
मंसिर ३०, २०७६ सोमबार १०:४५,

कतारको राजधानी दोहानजिकै केवुलमा आइतबार समस्या आएपछि पाकिस्तान भरी नै इन्टरनेट सेवामा समस्या आएको जनाइएको छ।

‘पाकिस्तान टेलिकम्युनिकेसन कम्पनी लिमिटेड पिटिसिएल’ले वक्तव्य जारी गरेर एएइ—१ केबुलमा प्राविधिक समस्या भएकाले इन्टरनेट सेवा सञ्चालन नभएको स्पष्ट पारेको छ।

इन्टरनेट प्रयोगकर्ताहरुले इन्टरनेट सेवा निकै सुस्त भएको र कतिपय ठाउँमा त घन्टौँसम्म पनि चल्दै नचलेको बताएका छन्।

इन्टरनेट नभएपछि पाकिस्तानका संघ, संस्था तथा कम्पनीहरुको काममा अवरोध निम्तिएको छ।

पाकिस्तानमा सञ्चालन भएको इन्टरनेट दक्षिण पूर्वी एसिया, युरोप, इजिप्टलगायतका देशमा भएको इन्टरनेटसँग सम्वन्धित रहेको अधिकारीहरुले जनाएका छन्।

त्यसैगरी हङ्कङ, भियतनाम, कम्बोडिया, थाईल्याण्ड, मलेसिया, सिङ्गापुर, म्यानमार, भारत, पाकिस्तान, ओमन, युएई, कतार, यमन, साउदीअरब, इजिप्ट, ग्रिस, इटली र फ्रान्समा सञ्चालन भइरहेको इन्टरनेट एउटै सञ्जालबाट वितरण भइरहेको प्राविधिक तथा विज्ञहरुको भनाई छ। रासस एएनआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .