नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटमा नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशसामु १ सय १३ रनको लक्ष्य प्रस्तुत गरेको छ।
पोखरा रगंशालास्थित क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पुलिस क्लबले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १२ रनको योगफल तयार पारेको हो।
पुलिस क्लबका लागि कविता जोशी ४८ र सवनम राई २ रनमा नटआउट रहे। २६ बलको सामना गरेकी कविताले ७ चौका र १ छक्का हानिन्।
सम्झना खड्का २९ रनमा पवेलियन फर्किईन्। उनले ३८ बलमा १ चौका हानिन्। अप्सरी बेगमले १० रन थपिन्।
कप्तान रुविना क्षत्री ५ रनमा क्याच आउट भईन्। काजल श्रेष्ठ, शोभा रोकाया, इश्वरी विष्ट समान १ रनमा पवेलियन फर्के। संगीता राई शुन्य रनमा आउट भईन्।
लुम्बिनी प्रदेशकी सुस्मिता भुषाल र मनिषा रानाले समान २ विकेट लिए। मधु डिसी र कमला जिएमले समान १ विकेट झारे।
Shares
प्रतिक्रिया