ad ad

खेल


तिलोत्तमा मेयरकप ब्याडमिण्टनको उपाधि गुरुङ र थापालाई

तिलोत्तमा मेयरकप ब्याडमिण्टनको उपाधि गुरुङ र थापालाई

प्रकाश न्यौपाने
मंसिर २९, २०७६ आइतबार ८:४१,

तिलोत्तमा मेयर कप ब्याडमिन्टनको उपाधि सुन्दर गुरुङ र लोक थापाको जोडीले हात पारेको छ। पदम थापा र थम्मन सारुको जोडीलाई हराउँदै गुरुङ र थापाको जोडीले उपाधि चुमेको हो। नगरमा ब्याडमिन्टन खेलाडी उत्पादन गर्ने उद्देश्यले तिलोत्तमाले दोस्रोपटक मेयर कप खुल्ला ब्याडमिण्टन प्रतियोगिता आयोजना गरेको थियो।

उपाधिसँगै गुरुङ र थापाले नगद ५० हजार र दोस्रो हुने थापा र सारुको जोडीले नगद ३० हजारसहित मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन्। यस्तै, प्रतियोगितामा लालमणि पन्थी र अशोक प्रधान तथा मणि राना र विष्णु थापाको जोडी तृतीय भएको छ। उनीहरुले नगद १०/१० हजारसहित मेडल तथा प्रमाणपत्र प्राप्त गरे। प्रतियोगितामा उत्कृष्ट हुने जीवन पराजुलीले नगद ५ हजार प्राप्त गरेका छन्।

विजयी खेलाडीहरुलाई पुस्कार प्रदान गर्दै तिलोत्तमा नगरपालिका प्रमुख बासुदेव घिमिरेले मानव स्वास्थ्यमा खेलको महत्वपूर्ण भूमिका रहेको बताउँदै खेललाई जीवनशैलीसँग जोड्नुपर्नेमा जोड दिए। खेलकुदको विकासका लागि नगरपालिका प्रतिबद्ध रहेको जनाउँदै उनले खेलाडीको प्रोत्साहनका लागि विभिन्न प्रतियोगिता सञ्चालन गर्दै आएको र आगामी दिनमा पनि गर्ने जनाए।

तिलोत्तमा ब्याडमिण्टन क्लबको कवर्डहल तिलोत्तमा–६, दश नम्बरमा भएको प्रतियोगितामा ४६ टिमको सहभागिता थियो। प्रतियोगितामा एकैसाथ तीन वटा प्रतिस्पर्धा गराइएको थियो। प्रतियोगितामा तिलोत्तमा नगरपालिकामा बसोबास भएका खेलाडीहरुले मात्र प्रतिस्पर्धा गरेका थिए। गत वर्ष भएको प्रथम मेयर कप ब्याडमिण्टन प्रतियोगिताको उपाधि मनिककुमार राना र सुन्दर गुरुङको जोडीले हात पारेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .