इंग्लिस प्रिमियर लिगअन्तर्गत मंगलबार भएको खेलमा चेल्सी साउथाम्टनसँग २–१ गोल अन्तरले पराजित भएको छ।
मंगलबारको खेलको २३ औं मिनेटमा नै चेल्सीका लागि रहीम स्टर्लिङले गोल गर्दै अग्रता दिलाएका थिए।
तर, खेलको २८ औं मिनेटमा रोमेओ लाभिया र पहिलो हाफको इन्ज्युरी समयमा एडम आम्सटर्डमले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।
दोस्रो हाफमा दुवै टोलीको तर्फबाट कुनै पनि गोल हुन सकेन र साउथाम्टनले यो सिजनको दोस्रो जित हात पार्यो।
यससँगै साउथाम्टनले ५ खेलबाट ७ अंक हात पारेको छ भने समान खेलबाट चेल्सीले पनि समान ७ अंक जोडेको छ।
111
Shares
प्रतिक्रिया