बिहीबार दशरथ संगशालामा भएको खेलमा भुटानले माल्दिभ्सलाई २–१ को गोल अन्तरले पराजित गरेको हो।
भुटानको जितमा चिमी दोर्जीले खेलको ५५ औं मिनेटमा सुरुवाती गोलगर्दा फुब थिन्लेले ८४ औं मिनेटमा दोस्रो गोल गरे।
माल्दिभ्सका लागि नेइज हुसेनले खेलको ९० औं मिनेटमा सान्त्वना गोल गरे।
यसअघि पहिलो खेलमा भुटानले बंगलादेशलाई १–० ले जितेको थियो। नेपालसँग भने भुटान ४–० ले पराजित भएको थियो।
बिहीबारको जितसँगै भुटान ६ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ।
यस जितसँगै भुटान साग फुटबलको फाइनल नजिक पुगेको छ।
3
Shares
प्रतिक्रिया