मंगलबार भएको प्रतिस्पर्धामा पुरुष डुवा थोलनमा हिमाल टमाटाले स्वर्ण र लक्ष्मण मल्लले रजत पदक जितेको नेपाल ट्रायथोलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले जानकारी दिएका छन्।
डुवाथोलनमा सुरुमा ५ किलोमिटर दौड, २० किलोमिटर साइक्लिङ र अन्त्यमा २.५ किलोमिटर दौड पुरा गर्नुपर्ने हुन्छ।
ट्रायथोलनमा भने सोमबार सोनी गुरुङले स्वर्ण पदक जितेकी थिइन् । पुरुषतर्फ बसन्त थारुले कास्य पदक जितेका थिए।
डुवाथोलन ट्रायथोलनको विधा हो। यससँगै ट्रायथोलनको पदकसंख्या ४ पुगेको छ।
प्रतिक्रिया