पोखरा रंगशालाको कभर्डहलमा आइतबार सम्पन्न खेलहरुमा पुरुषतर्फको क्वाटरफाइनलमा नेपाली टोलीले भुटानमाथि ३–० को सोझो सेटमा जित हासिल गर्यो।
यस्तै महिलातर्फ पनि नेपालले बंगलादेशमाथि ३–० सेटकै जित हात पारेको हो। पुरुष टोलीले सेमिफाइनलमा अब श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ।
महिला टोलीले पनि श्रीलंकाकै टोलीसँग सेमिफाइनल खेल्नेछ।
3
Shares
प्रतिक्रिया