रंगशाला निर्माण सम्पन्न भइनसकेकाले एएफसीले नेपालमा हुने उक्त होम गेमलाई न्यूट्रल भेन्यूमा सारेको छ। अब नेपाल र कुवेतवीचको खेल भुटानको चाङलिमिथाङ रंगशालामा हुने गरि प्रस्ताव गरिएको छ।
एएफसीका प्रतिनिधिहरुले यसै साता रंगशाला निरिक्षण गर्दा निर्माण सम्पन्न नभएको भन्दै ‘अब्जेक्सन’ जनाएको थियो। १९ गते एएफसीका प्रतियोगिता समितिका प्रतिनिधि देङ सियो लेङ लगायतका प्रतिनिधिहरुले दशरथ रंगशालाको निरीक्षण गरेका थिए।
उक्त निरिक्षण पश्चात रंगशाला निर्माणाधिन रहेको, मैदान, ड्रेसिङ रुम, सरसफाई लगायतमा कुराहरुमा अब्जेक्सन जनाएको थियो।
प्रतिक्रिया