प्रदेश सभा अन्तर्गत बाग्लुङ २ (ख) मा नेकपाका स्थानीय नेताले वागी उम्मेदवार दिएका छन्। वाम गठबन्धनबाट बिद्रोह गर्दै शेरमान घर्ती मगरले उम्मेदवारी दर्ता हुन्। घर्ती मगरको प्रस्तावकमा २०७४ मा नेकपा एमालेको तर्फबाट प्रदेशसभामा उम्मेदवारमा प्रस्तावित दधिराम आर्याल रहेका छन्।
साबिक बोबाङ गाविसका अध्यक्ष घर्ती मगर गत स्थानीय निर्वाचनमा तात्कालिन माओवादी केन्द्रबाट ढोरपाटन नगरपालिकामा मेयरका लागि उम्मेदवार थिए। उनले १ हजार ४ सय मत प्राप्त गरेका थिए।
सो क्षेत्रमा बामपन्थी दलहरुबीच चुनावी तालमेल रहेको छ। नेकपाले सो क्षेत्र राष्ट्रिय जनमोर्चालाई छाडेको छ। राजमोको तर्फबाट खिमविक्रम शाही उम्मेदवार रहेका छन्। प्रदेशसभाको राजमोका सांसद रहेका टेकबहादुर घर्तीको निधन भएपछि सो क्षेत्रमा मंसिर १४ मा उप निर्वाचन हुन लागेको हो।
यता, नेकपाले भने उम्मेद्वारी फिर्ता लिने समयसम्म सो विषय सल्ट्याउने बताएको छ। नेकपा जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाले नेपालखबरसँग भने, ‘हामीलाई उहाँ (शेरमान) ले उम्मेद्वारी दिने कुरा थाह थिएन। २४ गतेसम्म हामी सबै असन्तुष्टि सल्ट्याउँछौँ। शेरमानजीले उम्मेद्वारी फिर्ता लिनुहुन्छ।’
यो पनिः
नेकपाका विद्रोही उम्मेदवार घर्तीको प्रश्नः राजमोलाई कति छाड्ने, हामी नेता बन्नुपर्दैन?
Shares
प्रतिक्रिया