त्यस जितमा १८ वर्षका युवा खेलाडी रोड्रिगोले ह्याट्रिक गर्न सफल भए। रोड्रिगो च्याम्पियन्स लिगको इतिहासमा मड्रिडकै पूर्व खेलाडी राउलपछि कम उमेरमा ह्याट्रिक गर्ने दोस्रो खेलाडी पनि बने।
रोड्रिगो ब्राजिलका खेलाडी हुन्। उनलाई यतिबेला रियल मड्रिडका नेमार जुनियर भन्न थालिएको छ। ब्राजिलकै नेमार हाल विश्वका सुपरस्टार हुन्। उनी यतिबेला पीएसजीमा छन्।
नेमार यसअघि मड्रिडमा अनुबन्ध हुने कुरा थियो। यद्यपी नेमारलाई अनुबन्ध गर्ने रियल मड्रिडको प्रयास सफल हुन सकेन।
रोड्रिगोल हालसम्म ६ च्याम्पियन्स लिग खेल खेलेका छन्। ६ खेलमा उनले ५ गोल गरेका छन्।
रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिनादका अनुसार रोड्रिगोले उनका प्रशिक्षण गम्भीर रुपमा लिन्छन् र चाँडै सिक्छन्।
बुधबार राति मड्रिडको जितमा रोड्रिगोले खेलको ४, ७ र अतिरिक्त समयमा ह्याट्रिक पुरा गर्दा बेन्जेमाले ४५ र ८१ औं मिनेटमा दुई गोल गरे। रामोसले खेलको १४ औं मिनेटमा पेनाल्टीमा गोल गरेका थिए।
जितसँगै मड्रिडले च्याम्पियन्स लिगको नकआउट चरणमा जाने सम्भावना उच्च बनाएको छ। समूह एमा पीएसजीले ४ खेलबाट १२ अंक बनाएको छ। मड्रिडको समान खेलबाट ७ अंक छ।
क्लब ब्रगीको २ अंक छ भने गालाटासारेको मात्र १ अंक छ।
प्रतिक्रिया