ad ad

खेल


टी-२० विश्वकप : न्यूजिल्यान्ड सेमिफाइनलमा पुग्दा भारत बाहिरियो

टी-२० विश्वकप : न्यूजिल्यान्ड सेमिफाइनलमा पुग्दा भारत बाहिरियो

नेपालखबर
कात्तिक २१, २०७८ आइतबार १९:११, काठमाडौँ

आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आइतवार भएको खेलमा अफगानिस्तानलाई हराउँदै न्यूजिल्यान्ड सेमिफाइनलप्रवेश गरेको छ।

सुपर-१२ अन्तर्गत समूह २ को खेलमा अफगानिस्तानलाई ८ विकेटको फराकिलो अन्तरले हराउँदै न्यूजिल्यान्डले सेमिफाइनल यात्रा तय गरेको हो। 

न्यूजिल्यान्डले १ सय २५ रनको लक्ष्य १८.१ ओभरमा दुई विकेट गुमाउँदै भेट्टायो। न्यूजिल्यान्डको जितमा कप्तान केन विलियम्सनले सर्वाधिक ४० रन बनाए।

डेभोन कोनवेले ३६ रन र मार्टिन गुप्टिलले २८ रन बनाए। अफगानिस्तानका राशिद खान र मुजिब उर रहमानले समान एक-एक विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २४ रन जोडेको थियो।

अफगानिस्तानका लागि नजिबुल्लाह जदरनले सर्वाधिक ७३ रन बनाए। उनले ४८ बल सामना गर्दै ६ चौका र ३ छक्का पनि हाने।

न्यूजिल्यान्डका लागि ट्रेन्ट बोल्टले सर्वाधिक ३ विकेट झारेका थिए। टिम साउथी २ विकेट झार्दा एडम मिल्ने, इश सोधी र जेम्स निशानले समान एक-एक विकेट झारे।

न्यूजिल्यान्डले समूह चरणका पाँचमध्ये चार खेलमा जित दर्ता गराएको छ। यसअघि चार खेलमा जित निकालेर पाकिस्तान यही समूहबाट सेमिफाइनल पुगिसकेको छ।

न्यूजिल्यान्डको जितले समान दुई-दुई खेल जितेका भारत र अफगानिस्तान विश्वकपबाट बाहिरिएका छन्। 

भारतले सुपर-१२ को अन्तिम खेल नामिवियाविरुद्ध सोमबार खेल्दैछ। समूह-१ बाट इङ्ल्यान्ड र अष्ट्रेलिया ​पनि सेमिफाइनल पुगेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .