पोखरा राइनोज र काठमाडौं किग्ंस इलाभेनबीचको खेल वर्षाका कारण रोकिएको छ।
कीर्तिपुरमा जारी एभरेष्ट प्रिमियर लिग (ईपीएल) को सोमबारको दोस्रो खेलमा काठमाडौंले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको पोखराले १५ ओभरको समाप्तिमा ५ विकेट गुमाएर १ सय ४२ रन जोड्दा पानी परेपछि रोकिएको हो।
जितका लागि पोखराले ३० बलमा ४१ रन बनाउनुपर्ने हुन्छ।
लगातार विकेट पतनपछि दबाबमा आएको पोखराका लागि विवेक यादवले उत्कृष्ट इनिंग्स खेल्दै पोखरालाई जित उन्मुख गराएका थिए।
वर्षा हुनुअघि पोखराका विवेक यादव ४१ र लोकेश बम १८ रनमा नट आउट छन्।
6
Shares
प्रतिक्रिया