ad ad

समाज


कोरोना संक्रमणमा देखापर्‍याे अर्काे नयाँ लक्षण : अनुसन्धानकर्ता

कोरोना संक्रमणमा देखापर्‍याे अर्काे नयाँ लक्षण  : अनुसन्धानकर्ता

नेपालखबर
माघ ७, २०७७ बुधबार ११:७,

कोरोना संक्रमणमा अर्काे नयाँ लक्षण देखापरेको छ। अनुसन्धानकर्ताका अनुसार संक्रमितको जिब्रोमा दाग र घाउ देखिएका हुन्। जसलाई वैज्ञानिकले कोभिड-टङ नाम दिएका छन्।

यस लक्षणको पहिचान गर्नै किङ्स कलेज लन्डनका विशेषज्ञले भनेका छन्, ‘कोरोनाका हरेक ५ बिरामीमध्ये एकमा यस्तो लक्षण देखिएको छ जुन त्यति सामान्य छैन। यद्यपि अहिलेसम्म विश्वका ठूला स्वास्थ्य एजेन्सीले आधिकारिक रूपमा कोभिड-टङ लक्षणको घोषणा गरिसकेका छैनन्।

सामाजिक सञ्जालमार्फत चेतावनी
किङ्स कलेजका प्राध्यापक टिम स्पेक्टरले यसबारे सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। उनका अनुसार कोरोनाका बिरामीको जिब्रोमा घाउ र दाग देखिने समस्या बढिरहेको छ। यदि तपाईंमा यस्ता लक्षण देखिएको छ वा टाउको दुख्ने वा थकान महसुस भइरहेको छ भने घरमै बस्न उनले अनृुरोध गरेका छन्। 

संक्रमितमा फरक-फरक लक्षण
वैज्ञानिकका अनुसार मुख पनि कोरोनाको प्रवेशद्वार हो। यसअघि नै सार्वजनिक भइसकेको छ कि कोरोना संक्रमणका लक्षणमा स्वाद तथा बास्ना थाहा नपाउनु पनि पर्छन्। अहिले जिब्रोमा दाग र घाउ देखापर्नु पनि कोरोनाको लक्षण बताइएको हो।

जामा डर्मेटोलजी जर्नलमा प्रकाशित अनुसन्धान प्रतिवेदनमा भनिएको छ, ‘स्पेनमा कोरोनाका बिरामीमा अनुसन्धान गरिएको थियो। त्यस क्रममा २१ बिरामीको छालामा दाग देखियो भने ६ बिरामीको जिब्रोमा समेत दाग र धब्बा देखिए।’ एजेन्सी

याे पनि :  कोरोना निकाे भएकामध्ये एकतिहाइ मानिस ५ महिनापछि पुनः अस्पताल भर्ना, हरेक ८ जनामध्ये एकको मृत्यु: अध्ययन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .