सरकारले मुख्यतः विदेशबाट फर्किनेलाई राख्न थप होटल सूचीकरण गरेको छ।
सरकारले यसअघि पनि सोहि प्रयोजनका लागि केहि होटलहरु सूचीकृत गरेको थियो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सिफारिसमा साना ठूला गरी ६ हजार बेड क्षमता पुग्नेगरी होटलहरु सूचीकरण गरिएको काठमाडौका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए।
जिल्ला प्रशासन कार्यालयले सूचीकरण गरेका होटलको मूल्य दैनिक १५ सय देखि १० हजार रुपैयाँसम्म पर्ने छन्।
विमानस्थल हुँदै विदेशबाट फर्किनेहरु र नेपालमै रहेका संक्रमित स्वेच्छाले होटल क्वारेन्टिनमा बस्न चाहनेलाई समेत ती होटलहरुमा राखिने छ। तर होटलमा बस्दाको खर्च व्यक्तिले नै व्यहोर्नु पर्नेछ।
विदेशबाट फर्किने नेपालीलाई उनीहरुको कोरोना परीक्षणपछि मात्रै घर फर्किन दिने भएकाले काठमाडौंका होटलमा बस्नैपर्ने निर्णय सरकारले गरेको छ। यसका लागि विदेशमा हुँदै होटल छानिसकेको हुनु पर्नेछ।
विदेशबाट फर्किने बेलामा कुन होटलमा बस्ने भनेर सोधिने छ। यदि होटल सुनिश्चित नभए नल्याउने निर्णय भएको कोरोना संकट व्यवस्थापन समिति (सीसीएमसी)ले जनाएको छ।
यसअघि होटलमा बस्ने सुनिश्चितता नभएकै कारण विदेशबाट आउन चाहेका नेपालीको उद्धार उडान स्थगित गरिएको थियो। तर बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले पुनः उडान सुरु गर्ने निर्णय गरेको छ।
तर कहिलेबाट उडान सुरु हुने भन्ने तय भइसकेको छैन।
होटलहरुको सूचीः
प्रतिक्रिया