ad ad

समाज


काभ्रेमा १९ वर्षीया युवतीमाथि सामूहिक बलात्कार, ६० जना पुरुषमाथि अनुसन्धान, ४ आरोपी पक्राउ

काभ्रेमा १९ वर्षीया युवतीमाथि सामूहिक बलात्कार, ६० जना पुरुषमाथि अनुसन्धान, ४ आरोपी पक्राउ

नेपालखबर
माघ ३, २०८० बुधबार १०:३७, काठमाडौँ

काभ्रेको पाँचखालमा १९ वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको छ। 

बलात्कारमा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ गरेर अनुधन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

काभ्रेको पाँचखाल नगरपालिका– ७ शिखरपुरको जंगलमा पाँच दिनअघि (२७ पुसको राति) स्थानीय १९ वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको हो। 

बलात्कारमा संलग्न भएको आरोपमा उदयपुरको ताप्ली गाउँपालिका ८ घर भइ हाल पाँचखाल नगरपालिका ७ मा डेरागरी बस्ने २८ वर्षीय धिरज हमाल, भोजपुरको षडानन्द गाउँपालिका ८ घर भइ पाँचखाल ७ बस्ने घनश्याम श्रेष्ठ, धनकुटाको महालक्ष्मी नगरपालिका ४ घर भई हाल पाँचखाल ७ बस्ने १९ वर्षीय अमर बिक र १७ वर्षीय एक किशोर छन्। 

उनीहरुलाई जिल्ला अदालत काभ्रेबाट मंगलबार पाँच दिनको म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक धमेन्द्र अकौलियाले जानकारी दिए। 

‘युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ पर्ने सबै मजदुर हुन्,’ इन्सपेक्टर अकौलियाले नेपालखबरसँग भने, ‘विवाहित ती युवती पनि मजदुर नै हुन्। रसुवा माइती भएकी ती युवतीका पति घरमा छैनन्। उनीहरुले पुस २७ गते साँझ पाँचखाल नगरपालिका ७ शिखरपुरस्थित फुटबल ग्राउण्ड नजिकको झाडीमा लगेर युवतीलाई सामूहिक बलात्कार गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको छ।’ 

प्रहरीका अनुसार ती युवती साँझ साथीहरुसँगै ‘इभिनिङ वाक’मा घरबाहिर निस्केको बेला बलात्कारमा परेकी हुन्। साथीहरु घर फर्किए पनि उनी राति अबेलासम्म घर नफर्केपछि परिवारका सदस्यले खोजी सुरु गरेका थिए। सामूहिक बलात्कारबाट बिछिप्त बनेकी ती युवतीले आत्महत्या गर्ने तयारी गरिरहेको अवस्थामा फेला पारिएको जानकारी आफन्तले प्रहरीलाई गराएका छन्। ‘उनका आफन्तले युवतीले आत्महत्या गर्ने तयारी गरिरहेको बेला फेला पारिएको बताएका छन्,’ इन्सपेक्टर अकौलियाले भने। 

आफूलाई बलात्कार गर्नेहरुको पहिचान युवतीले गर्न नसकेपछि प्रहरीले ६० जना भन्दा धेरै पुरुषलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो। त्यसमध्ये बलात्कारमा संलग्न हुनेको संख्या चारजना रहेको इन्सपेक्टर अकौलियाले बताए। 

प्रहरीका अनुसार पीडित किशोरीको स्वास्थ्य अवस्था अहिले सामान्य छ। उनको मेडिकल परीक्षण भइसकेको प्रहरीले जनाएको छ। ‘उनलाई माइती नेपालको जिम्मा लगाउने तयारी गरेका छौँ,’ इन्सपेक्टर अकौलियाले भने।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .