ad ad

समाज


ट्राफिक प्रहरीले दियो धन्यवाद

ट्राफिक प्रहरीले दियो धन्यवाद

नेपालखबर
असोज २६, २०७६ आइतबार ११:४१,

ट्राफिक प्रहरीले चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणका क्रममा ट्राफिक व्यवस्थापनमा सहयोग पुर्याएकोप्रति सर्वसाधारणलाई धन्यवाद दिएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक भिम प्रसाद ढकालले आइतबार सर्वसाधारणलाई धन्यवाद ज्ञापन गरेका हुन्।

अगामी दिनमा पनि सवारी व्यवस्थापनमा निरन्तर सहयोग, सल्लाह र समन्वयको अपेक्षा गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

चिनियाँ राष्ट्रपतिको दुई दिने नेपाल भ्रमणका क्रममा शनिबार र आइतबार दुबै दिन सार्वजनिक विदा परेकोले र दशैँ विदामा उपत्यका छोडेका लाखौँ नागरिक काठमाडौं फर्किनसकेकाले काठमाडौंको सडकमा सवारी निकै न्युन थिए।

भ्रमणका क्रममा सवारी व्यवस्थापन अस्तव्यस्त हुनसक्नेबारे ट्राफिक प्रहरीले समयमै सूचना जारी गरेका कारण पनि ट्राफिक व्यवस्थापनमा सहजता देखिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .