ad ad

समाज


मर्दी पदयात्राको क्रममा लेक लागेर थाई पर्यटकको मृत्यु

मर्दी पदयात्राको क्रममा लेक लागेर थाई पर्यटकको मृत्यु

वाशुदेव मिश्र
असोज १५, २०७६ बुधबार १०:३५,

कास्कीको मर्दी हिमाल पदयात्रामा हिँडेका एक पर्यटकको मंगलबार कास्कीकै बादलडाँडामा मृत्यु भएको छ।

मृत्यु हुनेमा पासपोर्ट नम्बर एए ७००५६२ नम्बरको राहदानीबाहक थाइल्याण्डका ५५ वर्षीय डुंगेटाविसभ सोमाची (DUANGTAWEESUV SOMCH) भएको प्रहरीले जनाएको छ। उनी यही असोज १० गते आफ्नो टोलीसहित मर्दी हिमाल बेसक्याम्पबाट मर्दी हिमालतिर गएका थिए।

पदयात्राको क्रममा बिरामी भएका उनलाई लेक लागेपछि तल रहेको होटल ३६० मा ल्याइएको थियो। सोही होटलमा आराम गर्दै गरेका उनको अचानक मंगलबार बिहान निधन भएको हो। उनको शवलाई काठमाडाैं पठाइएको छ।

कास्कीको उत्तरी भागमा रहेको मर्दी हिमाल पदयात्रा मार्ग पछिल्लो समय चर्चामा छ। अन्नपूर्ण हिमश्रृंखलासहित मर्दी हिमालको सुन्दर दृष्य देख्न सकिने यो पदयात्रा मार्गको अन्तिम बिन्दु अर्थात मर्दी हाइक्याम्प ४ हजार ५ सय मिटरको उचाईमा रहेको छ। पोखराबाट धम्पुस, पोथान, फरेष्ट क्याम्पपछि बादल डाँडा आउँछ। बादलडाँडापछि बल्ल हाइक्याम्प आइपुग्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .