ad ad

समाज


पत्रकार जमाल खशोग्जीको हत्याको जिम्मा लिन्छुः साउदी राजकुमार सलमान

पत्रकार जमाल खशोग्जीको हत्याको जिम्मा लिन्छुः साउदी राजकुमार सलमान

नेपालखबर
असोज १०, २०७६ शुक्रबार ८:२०,

 समाचार संस्था रोयटर्सका अनुसार मोहम्मद बिन सलमानले गतवर्ष साउदी एजेन्टद्वारा हत्या भएको पत्रकार खशोग्जीको हत्याको जिम्मा लिएका हुन्।

 सीआइए र पश्चिमा देशका सरकारले खशोग्जीको हत्या गर्न सलमानले आदेश दिएको आरोप लगाएका थिए। यद्यपी साउदी अधिकारीले त्यो स्वीकारेका थिएनन्।

 खशोग्जीको हत्या इस्तानबुलस्थित साउदी वाणिज्य दूतावासमा भएको थियो। विश्वभर यो विषय चर्चामा आएको थियो। साउदी सरकारको तिव्र आलोचना भएको थियो।

 सलमानले आफ्नै देशको वाणिज्य दूतावासमा यस घटना भएकाले घटनाको जिम्मा लिने बताएको जनाइएको छ।

Image result for khashoggi lost

 उक्त घटनापछि सलमानको छविमा ठूलो धक्का पुगेको थियो। त्यस घटनापछि विश्वको सबैभन्दा बढी तेल निर्यात गर्ने देशका राजकुमार सलमानले अमेरिका र यूरोपको भ्रमण गरेका थिएनन्।

 ‘द क्राउन प्रिन्स अफ साउदी अरेबिया’ नामको वृत्तचित्रमा सलमानले घटनाको जिम्मा लिने बताएका हुन्।

 सलमान भन्छन्,‘म हुँदा हुँदै यस्तो दुखद् घटना हुन गयो। म यसको पुरा जिम्मा लिन्छु।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .