ad ad

समाज


भारतमा प्रहरीको कुटाईबाट महिलाको गर्भ तुहियो

भारतमा प्रहरीको कुटाईबाट महिलाको गर्भ तुहियो

नेपालखबर
असोज १, २०७६ बुधबार १२:४०,

आसाम राज्यको दरंग जिल्लामा एक गर्भवती महिला र उनकी दुई बहिनीलाई प्रहरीले कुटपिट गरेपछि ती महिलाको गर्भ तुहिएको भारतीय संचारमाध्यमले जनाएका छन्।

यस घटनामा संलग्न एक प्रहरी इन्चार्ज तथा एक महिला प्रहरीलाई निलम्बन गरेर उनीहरुमाथि अनुसन्धान भइरहेको जनाइएको छ।

यस घटना गत सेप्टेम्बर ८ को भएको जनाइएको छ। पीडित महिलाका अनुसार दुई महिनाको गर्भवती उनीमाथि प्रहरीले कुटपिट गरेका थिए।

प्रहरीले पीडित महिलाको उजुरीलाई हेरिरहेको छ। आसामका मुख्यमन्त्री सर्बानन्द सोनोवालले प्रहरीलाई तत्काल घटनाको अनुसन्धान गर्न निर्देशन दिएका छन्।

यस घटना सिपाझार थानामा भएको बताइएको छ। पीडित महिलाहरुका भाई रउफुल अलीमाथि महिला अपहरणको उजुरी परेपछि ती महिलाहरुलाई प्रहरीले सोधपुछका लागि बोलाएको थियो।

सोही क्रममा उनीहरुमाथि प्रहरीले कुटपिट गरेको जनाइएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .