ad ad

समाज


अवैध १३ लाख नगद र ४२ लाखका चेकसहित त्रिपुरेश्वरबाट एक जना पक्राउ

अवैध १३ लाख नगद र ४२ लाखका चेकसहित त्रिपुरेश्वरबाट  एक जना पक्राउ

नेपालखबर
भदौ ३०, २०७६ सोमबार ७:९,

 प्रहरीले त्रिपुरेश्वर चोकबाट १३ लाख नगद र करिब ४२ लाखका चेकसहित ओखलढुंगाका उमेशकुमार मगरलाई पक्राउ गरेको छ।

 काठमाडौं डल्लु बस्ने ओखलढुंगा मोलुङ गाउँपालिका –५ का २२ वर्षीय मगरले चढेको स्कुटर आइतबार राति चेकजाँच गर्दा डिक्कीमा लुकाएको अवस्थामा स्रोत नखुलेको नगद १३ लाख ९ हजार ७ सय ५ रुपैयाँ र विभिन्न बैंक तथा वित्तीय संस्थाको ४१ लाख ६२ हजार ५ सय रुपैयाँ बराबरको चेकसहित पक्राउ गरेको वृत्त कालिमाटीले जनाएको हो।

वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले उमेशले चलाएको प्रदेश नम्बर ३ ०२–००५ प ६१५२ नम्बरको स्कुटर जाँच गर्ने क्रममा उक्त नगद र चेक फेला पारी स्कुटरसहित उनलाई पक्राउ गरेको हो।

प्रहरीले उनी हुण्डी कारोबारी र मिटर ब्याजी समूहका सहयोगी हुनसक्ने आशंका गरेको छ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको वृत्त कालिमाटीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .