ad ad

समाज


बेलुकीबाट गर्मी केही कम हुने मौसमविद्को अनुमान

बेलुकीबाट गर्मी केही कम हुने मौसमविद्को अनुमान

नेपालखबर
असार २, २०७६ सोमबार ४:१०,

कही दिनयता लगातार बढिरहेको गर्मी आज (सोमबार) बेलुकीबाट केही कम हुने अनुमान मौसमविद्ले गरेका छन्।

जल तथा मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार साँझपख देशभरजसो मौसम बदली हुने र केही स्थानमा वर्षा हुने सम्भावना छ।

‘यसले तापक्रम केही मत्थर हुने अपेक्षा गरिएको छ,’ नेपालखबरसँग कुरा गर्र्दै उनले भने, ‘तर मनसुनमा जस्तो लगातार नभई फाटफुट वर्षा मात्र हुने भएकाले गर्मी पूरै घट्दैन।’
उनका अनुसार मनसुन भित्रिन अझै एक/दुई दिन लाग्ने देखिएको छ। ‘त्यतिन्जेलसम्म त गर्मी के हट्ला र,’ मौसमविद् पौडेलले भने।

उनका अनुसार यस वर्ष मनसुन आउन केही ढिला भइरहेको छ। सामान्यतया नेपालमा जुन १० तारिखमा मनसुन भित्रिने गर्छ।

गत वर्ष भने मनसुन दुई दिनअघि जुन ८ मा भित्रिएको थियो। ‘यस्तै हो केही दिन अघिपछि भइरहन्छ,’ मौसमविद् पौडेलले भने।

उनका अनुसार अहिले पूर्वका विराटनगर, ओखलढुंगा, ताप्लेजुङलगायत आसपासका क्षेत्रमा वर्षा भइरहेको छ। बेलुकीपख भने मध्य तथा पश्चिम क्षेत्रमा मौसम बदली भई केही स्थानमा वर्षा हुने सम्भावना छ।

काठमाडौं उपत्यकामा भने पानी पर्ने सम्भावना न्यून छ। तर पनि साँझपख उपत्यकाका केही स्थानमा फाटफुट वर्षाको सम्भावना रहेको मौसमविद् पौडेलले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .