ad ad

समाज


गुडिरहेको बसबाट हामफाल्दा युवतीको मृत्यु

गुडिरहेको बसबाट हामफाल्दा युवतीको मृत्यु

नेपालखबर
असार २, २०७६ सोमबार ४:४,

चितवनमा बसको ढोकाबाट हामफाल्दा एक युवतीको मृत्यु भएको छ।

नारायणगढबाट भण्डारातर्फ जाँदै गरेको लु १ ख ६९९१ नम्बरको बसको ढोकाबाट हामफाल्दा रत्ननगर नगरपालिका–९ की ३७ वर्षीया बालिका आचार्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

भरतपुरको चौबीसकोठीमा गुडिरहेको बसको ढोकाबाट हामफाल्दा गम्भीर घाइते भएकी आचार्यको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

दुई पुरुष मृत फेला
चितवनका छुट्टाछुट्टै स्थानमा आइतबार दुई पुरुष मृत फेला परेका छन्।

भरतपुर महानगरपालिका–१५ फूलबारीमा ८० वर्षीय रामप्रसाद तिवारी मृत फेला परेका हुन्। भरतपुर–३ बेलचोक घर भई मागेर खाँदै हिड्ने तिवारीको शव अपराह्न ५ः३५ बजे फेला परेको प्रहरीले जनाएको छ।

शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ।

त्यसैगरी कालिका नगरपालिका–८ न्यूरेनीमा अन्दाजी ३२ वर्षीय दुर्गाबहादुर चेपाङ मृत फेला परेका छन्।

उनी सडक छेउमा मृत फेला परेको इलाका प्रहरी कार्यालय टाँडीले जनाएको छ। चेपाङको के कारणले मृत्यु भएको हो खुल्न सकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .