ad ad

राजनीति


रवीन्द्र मिश्रसँग प्रचण्डले भने– ज्ञानेन्द्र नरम भइदिएको भए आजको परिस्थिति अर्कै हुन्थ्यो

रवीन्द्र मिश्रसँग प्रचण्डले भने– ज्ञानेन्द्र नरम भइदिएको भए आजको परिस्थिति अर्कै हुन्थ्यो

नेपालखबर
असोज ८, २०८१ मंगलबार १२:४, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्। उपाध्यक्ष मिश्रले प्रचण्ड निवास खुमलटारमा भेटवार्ता गरेको तस्बिर सार्वजनिक गर्दै मिश्रले राजसंस्थालाई पुनःस्थापित गर्नुपर्ने भनाइ प्रचण्डसँग राखेको उल्लेख गरेका छन्।

‘अब देश यस्तो बिन्दुमा पुग्यो कि राजसंस्थालाई पुनःस्थापित नगर्ने हो भने यो देश विस्फोटनको अवस्थातिर उन्मुख हुँदैछ। त्यतिबेला तपाईंहरूको अग्रगमन, नाम र सालिक केही बाँकी रहने छैन,’ मिश्रले प्रचण्डलाई भनेको भनाइ उद्धृत गर्दै सञ्जालमा लेखेका छन्। 

त्यसपछि प्रचण्डले राखेका भनाइलाई उनले विभिन्न ७ बुँदामा उल्लेख गरेका छन्। प्रचण्डले मिश्रलाई अहिलेकै स्थितिबाट देश चल्दैन भन्ने निष्कर्षमा आफू पुगिसकेको मिश्रलाई बताएका छन्। 

उनले पञ्चायतकालमा धेरै राम्रा काम भएको, राजा महेन्द्र ‘भिजनरी’ भएको लगायतका प्रसंग झिकेको मिश्रले बताएका छन्। 

‘द्वन्द्वका बेला मेरा केही साथी राजसंस्थाका बारे पुरै नकारात्मक थिए। म त देशको हित हुन्छ भने राजासँग मिलेरै गए पनि राम्रो हुन्छ भन्ने पक्षमा थिएँ।,’ प्रचण्डको भनाइ उद्धृत गर्दै उनले भनेका छन्।

साथै, २०६२/०६३ को आन्दोलनको ताका राजा ज्ञानेन्द्र नरम भइदिएको भए आज परिस्थिति नै अर्कै हुने पनि प्रचण्डले बताएको मिश्रले बताएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .